Advertisement
विज्ञापन

नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति



Advertisement
विज्ञापन

३ चैत, काठमाडौं । नागार्जुन नगरपालिका–७ स्युचारस्थित हसनटार र गौतम गाउँको सिमानामा पर्ने एक टहोरोमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट लत्ताकपडा लगायत घरायसी समानहरु र टहरा जल्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।


Advertisement
Advertisement

शनिबार राति ९ः४० बजे कृष्णहरि श्रेष्ठको परिवार बस्दै आएको एक तले कच्ची लामो टहरामा आगलागी भएको थियो ।

आगलागीको खबर पाउनासाथ प्रहरी वृत्त कालिमाटीबाट डीएसपी रुपेश खड्काको कमाण्डमा टोली खटिएको थियो ।

प्रहरी, स्थानीय, ललितपुर र काठमाडौं महानगरका चार दमकलको सहयोगमा एक घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट काठका सामान, कपडा, भाँडाकुडाहरु जलेको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement