Advertisement
विज्ञापन

नेकपा एमाले रेसुङा नगरकमिटीमा नयाँ नेतृत्व !



Advertisement
विज्ञापन

गुल्मी।नेकपा एमाले रेसुंगा नगरकमिटीको दोस्रो अधिवेशनले राजेन्द्र पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ

नगरकमिटीको भेलाले अध्यक्षमा पाण्डेयसहित उपाध्यक्षमा देविराम खनाल, सचिवमा देविराम पाण्डे र उपसचिवमा टोप बहादुर थापा र मिठु बोहोरालाई निर्वाचित गरेको छ । त्यस्तै अधिवेशसन लेखा समिति संयोजकमा मणिरत्न भण्डारीलाई निर्वाचित गरेको छ ।


Advertisement
Advertisement

अधिवेशनको नेकपा एमालेका केन्द्रिय उपमहासचिव प्रदिप कुमार ज्ञवाली र सचिव गोकर्ण बिष्ट लगायतले संबोधन गरेका थिए ।

कुन पालिकामा कसको नेतृत्व ?

नेकपा एमाले गुल्मीका वडा कमिटी, गाउँ तथा नगरकमिटी अधिवेशन धमाधम भइरहेका छन् । धुर्कोटमा लोक बहादुर खत्री, मदाने प्रेम केसी, मालिकामा शोभाखर, इस्मामा कलानिधी भण्डारीको नेतृत्वमा कमिटी चयन भएको छ ।

त्यस्तै मुसिकोट नगर कमिटी अध्यक्षमा प्रकाश काफ्ले, सत्यवति गाउँकमिटीको अध्यक्षमा युवराज न्यौपाने, चन्द्रकोटमा चन्द्र बहादुर क्षेत्री नविन, रुरुक्षेत्रमा फर्सुराम ज्ञवाली, छत्रकोट पिताम्बर अर्याल र गुल्मीदरवारमा राम बहादुर पल्लीको अध्यक्षतामा नयाँ नेतृत्च चयन भएको नेकपा एमालेको पार्टी कार्यालय सचिव गणेश श्रेष्टले जानकारी दिए ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement