Advertisement
विज्ञापन

तीन महिनामा बुटवल–नारायणगढ सडकको काम सम्पन्न नभए ठेक्का तोड्ने तयारी



Advertisement
विज्ञापन

तीन पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न हुन नसकेको बुटवल–नारायणगढ सडक अवको तीन महिनासम्ममा पनि काम सम्पन्न नगरे ठेक्का तोड्ने मनस्थितिमा सरकार पुगेको छ ।

सडक निर्माणको काममा अत्यन्त ढिलासुस्ती भएको भन्दै आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको हो ।


Advertisement
Advertisement

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीलाई तीन महिनाको लक्ष्य दिएर आउंदो डिसेम्बरसम्म काम नसकिए ठेक्का तोड्ने योजना रहेको बताए ।

तीन महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का तोड्ने सूचना जारी गरिसकिएको उनंको भनाई छ ।

२०७९ साउनमा सडक बिस्तारको काम सम्पन्न गर्ने गरि वि.सं. २०७५ माघमा सम्झौता भएको उक्त सडक निर्माणको काम निर्धारित समयमा सम्पन्न हुनु त परै जाओस यस अवधिमा तीन पटक म्याद थप गर्दा पनि सडक बिस्तार निर्माणको कार्य सकिएको छैन ।

सडक निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । सडक बिस्तारको ठेक्का भए पश्चात सडक भत्काइन थालिएपछि उक्त सडक खण्डमा यात्रुले सास्ती खेप्दै आएका छन ।

कोरोनाकालमा निर्माण सामाग्रीको कारण देखाएर २०८० साउन ११ गते सम्मका लागि पहिलो पटक म्याद थप भएको थियो । थप गरिएको म्यादमा पनि सम्पन्न नभएपछि दोस्रो पटक २०८१ साउन ८ गते सम्मका लागि थप भएको थियो र र त्यो म्यादमा पनि काम सम्पन्न नभएपछि २०८२ साउन ८ गतेसम्मकालागि तेस्रो पटक म्याद थप भएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement