Advertisement
विज्ञापन

बालिकालाई बन्धक बनाएर यौन ब्यवसायमा लगाउने २९ वर्षीय गुरुङ पक्राउ



Advertisement
विज्ञापन

काठमाडौँ– एक बालिकालाई वन्धक बनाई महिनौ दिनदेखि यौन ब्यवसायमा संलग्न गराएको आरोपमा काठमाडौंको नयाँ बसपार्कस्थित नीमा गेष्टहाउसका सञ्चालन २९ वर्षीय सुजन तामाङ पक्राउ परेका छन्।

नुवाकोटको तादी गाउँपालिका–६ घर भएका तामाङलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो। उनले बालिकालाई बन्धक बनाई ग्राहक खोजेर यौन सम्पर्क गर्न लगाउने र प्रति ग्राहक १ घण्टादेखि २ घण्टासम्म यौन सम्पर्क गरे वापत २ देखि ३ हजार रुपैयाँ लिने गरेका थिए।


Advertisement
Advertisement

तामाङले पीडित बालिकालाई एक महिनादेखि गेष्टहाउसबाट बाहिर निस्कन नदिएको, विरामी हुँदा समेत उपचार नगराई लगातार यौन व्यवसायमा लगाएको पाईएको प्रहरीले जनाएको छ। तामाङलाई बिहीबार गेष्टहाउसबाटै पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले बताए।

उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement