भारतमा अर्घाखाँचीका १ युवकको सडक दुर्घटनामा परि मृत्यु
२४१८
अर्घाखाँची। भारत राज्यको गुड गाउँमा अर्घाखाँची का १ युवकको निधन भएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर -११ पातलकटेरा बेतुखर्क घर भई रोजगारीको शिलशिलामा गुड गाउँ पुगेका मोहन नेपालीको २०८१ साल ज्येष्ठ २ गते अर्थात २०२४ मे १५ तारिख राति सडक दुर्घटनामा परि निधन भएको हो।
आफुले जागीर गर्ने स्थानमा जाने क्रममा पछाडी बाट आएको सवारीले एक्कासि ठक्कर दिंदा नेपाली को निधन हुन् पुगेको हो। उनि केहि बर्ष यता देखि गुड गाउँको एक कम्पनि मा काम गर्दै आईरहेको बुझिएको छ।




