Advertisement
विज्ञापन

रुपन्देहीमा २८ लाख ८८ हजार बराबरको अवैध सामान पक्राउ



Advertisement
विज्ञापन

भैरहवा। सशस्त्र प्रहरी बल नेपाल २७ नं गण रुपन्देहीले ठुलो परिमाणको अवैध सामान पक्राउ गरि भन्सार चलान गरेको छ । भारतबाट अबैध रुपमा ल्याउंदै गरेको किराना सामान, लत्ताकपडा, कस्मेटिक लगायतका चैत ११ गते ११ लाख ३४ हजार ३ सय २५ रुपैया र १४ गते १७ लाख ५४ हजार २ सय ९० रुपैयाँ गरि कुल २८ लाख ८८ हजार रुपैया बराबरको अबैध सामान पक्राउ गरेर भन्सार चलान गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल २७ नं गण रुपन्देहीका प्रहरी नायब उपरीक्षक प्रबक्ता मोहन न्यौपानेले सामान बरामद गरि भैरहवा भन्सार कार्यालयमा बुझाइएको बताए। रुपन्देही जिल्लाका विभिन्न स्थानबाट भारतबाट अबैध ल्याउंदै गरेका चिनी, किराना सामानहरु, लत्ता कपडा, ढुवानीमा प्रयोग भएका ३ वटा मोटरसाइकल, लु १ ज ३५१० नं को छोटा हात्ती बरामद गरी आबश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बुझाइएको प्रबक्ता न्यौपानेले बताए ।


Advertisement
Advertisement
Advertisement

रुपन्देहीको सियारी गाउंपालिका ७ कनरी इलाका सहित अन्य भारतबाट अबैध रुपमा नेपाल ल्याउंदै गर्दा विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको नेतृत्वमा खटिएको गाडी मोबाइल टोलिले पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी कार्यालयले जानकारी दिएको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad