Advertisement
विज्ञापन

अर्घाखाँचीमा विद्युतीय गाडी : भाडा सस्तो, सुविधा धेरै



Advertisement
विज्ञापन

अर्घाखाँची।अर्घाखाँचीको सन्धिखर्क देखि बुटवल रुटमा विद्युतीय गाडि चलेका छन् । डिजेल तथा पेट्रोलवाट चल्ने गाडी मात्र हिंड्ने यी रुट‌मा २०८०–०९–०६ गते देखि विद्युतीय गाडी चल्न सुरु भएका छन् । जिल्लाको सन्धिखर्क, खनदह, असुरकोट, ढाकाबाङ्ग वाट देखि सन्धिखर्क हुँदै बुटवलसम्म दैनिक विजुली गाडी चलिरहेका छन् ।

यसअघि प्रायः पेट्रोल र डिजेलका गाडीहरु मात्रै नियमित चल्ने सन्धिखर्क– बुटवल रुटमा अबदेखि विद्युतीय गाडीहरु पनि चल्न थालेका छन्। विद्युतीय गाडीमा डिजेल तथा पेट्रोल गाडीको तुलनामा भाडा पनि कम लाग्ने भएको छ ।


Advertisement
Advertisement
Advertisement

विजुलीबाट चल्ने गाडीमा पहाडको बाटोमा प्रति किलोमिटर रुपैया, सन्धिखर्क देखि पथ्रकोट सम्म प्रतिकिलोमिटर ६ रुपैयाँ र तराईको बाटोमा ३ रुपैयाँ प्रति किलोमिटरका दरले भाडा निर्धारण गरिएको छ। सन्धिखर्क देखि अब बुटवल ४ सय ८० रुपैयाँमा पुग्न सकिन्छ ।

अर्घा भगवती यातायात प्रा लि ले अर्घाखाँचीमा विद्युतीय गाडीको सुरुवात गरेको हो। यहाँको बाटोमा विद्युतीय गाडि को परीक्षण गरी सफल भएपछि विद्युतीय गाडी सञ्चालनमा ल्याईएको प्रा लि का महासचिव कुशल भुसालले जानकारी दिनु भयो । भुसालले १५ वटा ११ सिटे विजुली गाडी सञ्चालन्मा ल्याईएको जिल्लाका विभिन्न स्थानवाट बुटवल सम्म सन्चालन गरिएको बताउनु भयो ।

जिल्लामा नयाँ व्यवस्थापनका साथ विद्युतीय गाडी सञ्चालनमा ल्याए‌का छौ, अहिले तत्काल अर्घाखाँची बुटवल चलिरहेका छन्,’ उहाले भन्नू भयो अब छिट्टै कृष्णनगर, दाङ लगायतका ठाउँमा सञ्चालन गर्ने तयारीमा छौ, जिल्लाका पनि धेरै ठाउँबाट विद्युतीय गाडी सञ्चालन गर्ने लक्ष्य छ।

विहान पौने ५ बजे सन्धिखर्कको भक्तिटोलाबाट पहिलो विद्युतीय गाडी छुट्छ, पहिलो गाडी करिव ९ बजे बुटवल पुग्ने विद्युतीय सवारी चालक केशव घिमिरे बताउँनुहुन्छ। घिमिरे भन्नुहुन्छ। यहाँवाट विद्युतीय गाडी निर्धारित समयमै छुट्छ अनि निर्धारित समयमै यात्रुलाई गन्तव्य स्थानमा पुर्याउँछौ, लामो सयम९८ बर्ष० डिजल गाडी चलाउदै आएका अनुभबि तथा पुराना चालक केशब घिमिरे बताउनु हुन्छ , विद्युतीय गाडी चलाउँदा सुरुमा कस्तो होला भन्ने लागेको थियो,अन्य गाडी भन्दा धेरै आरामदायी भएको महसुस गरे ।

चालक घिमिरेले जस्तै यात्रुहरुले पनि विद्युतीय गाडीमा यात्रा गर्न सहज र आरामदायी भएको बताए। सन्धिखर्कबाट बुटवलसम्म विद्युतीय गाडीमा यात्रा गराई रहनु भएका अनुभबि चालक घिमिरे ले विद्युतीय गाडीमा यात्रा गर्दा गन्ध पनि नआउने र बान्ता हुने सम्भावना पनि कम हुने बताउनु भयो ।

उहाले भाडा पनि सस्तो भएकाले अव सवैले विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । धुँवारहित भएकाले बाताबरण प्रदूषण हुनबाट जोगिन्छ’ ‘वातावरणलाई स्वच्छ राख्नलाई पनि विद्युतीय गाडीको प्रयोग बढाउनुपर्छ घिमिरे को भनाई छ।

सन्धिखर्कदेखि बुटवलसम्म जानको लागि अर्घा भगवती यातायातका गाडीमा २५ देखि ४० प्रतिशत मात्र चार्जर लाग्ने महासचिव कुशल भुसालको भनाई छ । उहाले सन्धिखर्कको बसपार्क र सन्धिखर्क( गोरसिङ्गे सडकको भेडामारेमा प्रा लि ले चार्जिङ स्टेशन राखेको जानकारी दिनु भयो।

विद्युतीय गाडीमा न्यूनतम भाडादर निर्धारण गरिएको छ । यात्रुलाई गाडीमा फि बाईफाइको व्यवस्था छ, यात्रुले गाडीमा विभिन्न सामाजिक सञ्जाल चलाउन सक्नेछन्। यस्तै यात्रुको सुरक्षालाई मध्यनगर गर्दै गाडीमा सीसी टिभीको पनि व्यवस्था गरिएको , गाडीमा जिपीयस पनि उडान गरिएको जानकारी दिनु भयो। गाडीमा जीपीएस राखिएको छ। गाडी कहाँ रोकियो भनेर हेर्न सकिन्छ,’अन्य थप सेवाहरु पनि छिट्टे लिउने छै।’



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad