Advertisement
विज्ञापन

आगोले जलेर २ महिलाको मृत्यु



Advertisement
विज्ञापन

काठमाडौं । दाङ र कैलालीमा आगोले जलेर दुई महिलाको मृत्यु भएको छ ।दाङको तुलसीपुर उपमहानगरपालिका–८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरी र कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

खाना पकाउने क्रममा जलेर लक्ष्मीको मृत्यु भएको हो भने देवकीको घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर ज्यान गएको हो ।लक्ष्मीको बिहीबार राति खाना पकाउने क्रममा कपडामा आगो सल्किएको कारण जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


Advertisement
Advertisement

गत ९ माघमा घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर घाइते भएकी न्यौपानेको बिहीबार मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखेर एक साता उपचार गरिए पनि उनको बिहीबार घरमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement