करको विरोधमा देशभरका सिनेमा हल बन्द हुने
२६९८
करको विरोधमा सिनेमा हल बन्द हुने भएको छ।चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा माघ २२ गते देशभरका सिनेमा हल बन्द हुने नेपाल चलचित्र संघले जनाएको छ।
नेपाल चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अव्यावहारिक करहरुको खारेजीको माग गर्दै सांकेतिक रूपमा आगामी माघ २२ गत सोमबार मुलुकभरका चलचित्र घरहरू बन्द गर्ने निर्णय भएको छ।’
संघले मूल्य अभिवृद्धि करबाहेकका कर खारेजीको माग गरेको छ।संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारेको विज्ञप्तिमा उल्लेख गरेको छ। अहिले नेपालमा १५० सिनेमा हल सञ्चालनमा छन्।





