सार्वजनिक खरिद अनुगमन कार्यालय राख्यो २२ वटा निर्माण कम्पनी कालो सूचीमा
२३६०
काठमाडौँ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का लिएको काम समयमै सम्पन्न नगर्ने २२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज (सोमबार) सूचना जारी गर्दै २२ निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिएको हो।
कालो सूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ।





