गुल्मीको रेसुङ्गा पार्क खुल्यो
गुल्मी । गुल्मीको गर्जुरामा निर्माण सम्पन्न रेसुंगा पार्क खुलेको छ । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्त्व बाेकेकाेे रेसुंगा क्षेत्रमा बनेको रेसुंगा पार्क खुलेको हो.।
निर्माण सम्पन्न भएको लामो समयसम्म पनि संचालनमा आउन नसकेको रेसुंगा पार्क आजबाट खुला गरेकाे रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । निरन्तरको प्रयासबाट बजेट निकासा गरी निर्माण व्यवसायीले पाउनु पर्ने सम्पूर्ण रकम झण्डै तीन करोड चुक्ता गरी पार्क खाेल्न सहजीकरण गरेको नगर प्रमुख पन्थीले बताए ।
पार्कको अवलोकन गरी भरपुर मनोरन्जन लिन गुल्मीबासी लगायत सम्पुर्णमा रेसुंगा नगरपालिकाले आग्रह गरेको छ । पार्क खुलेसँगै रेसुंगा नगरपालिकाको समुन्नतीको यात्रामा थप टेवा पुग्ने बिश्वास लिएको रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए ।
पार्क संचालनकाे लागि नगरपालिकाले तीन कर्मचारी खटाएको छ । पार्क प्रवेश शुल्क बिदेशी नागरिकको लागि एक सय, नेपाली नागरिकको लागि ४० र ज्येष्ठ नागरिक साथै विद्यार्थीकाे लागि २० रुपैयाँ ताेकिएकाे छ ।




