Advertisement
विज्ञापन

सन्धिखर्कमा प्रभातफेरी पर्यटन प्रबद्र्धन कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

अर्घाखाँची । नेपाल पत्रकार महासंघको आयोजनामा आज सदरमुकाम सन्धिखर्कमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । माघ १ गते सन्धिखर्क टुडिखेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले उदघाटन गर्ने अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम–२०८० को पूर्वसन्ध्यामा सन्धिखर्क शान्ति वगैचाबाट शुरु भएको प्रभातफेरी कार्यक्रम सन्धिखर्क बजार, चुत्रावेशी, हललाइन हुँदै टुडिखेलमा समापन गरिएको हो ।

प्रभातफेरीमा पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली, जिल्ला समन्यव समितिका प्रमुख जिवनारायण कोइराला, सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, उद्योगी, व्यवसायी विभिन्न संघसंस्था लगायत सामाजिक अगुवाको सहभागीता रहेको थियो ।


Advertisement
Advertisement
Advertisement

महासंघका सचिव विनोद गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा महासंघका अध्यक्ष अशोक खनालले अर्घाखाँचीको आर्थिक विकास, पर्यटन, प्रबद्र्धन तथा स्थानीय रोजगारीका लागि भन्ने महत्वपूर्ण योगदान पुग्ने बताए । जिल्लाका प्रमुख पर्यटकीय स्थलको भिडियो डकुमेन्ट्रीको प्रधानमन्त्री दाहालले उदघाटन गर्ने कार्यक्रम रहेको छ । अर्घाखाँचीका पर्यटकीय स्थललाई विश्वभर चिनाई पर्यटक भित्राउने लक्ष्य रहेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad