Advertisement
विज्ञापन

बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार दिने



Advertisement
विज्ञापन

प्युठान।प्युठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ । गाउँपालिकाको १४औँ गाउँसभाले बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि यस्तो योजना ल्याइएको जानकारी दिए । गाउँपालिकामा बालविवाह गर्नेको सङ्ख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।


Advertisement
Advertisement

‘बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई पुरस्कार दिइने छ, ‘उनले भने, ‘यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने आशा लिएका छौँ ।’बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताए ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement