Advertisement
विज्ञापन

बुटवलमा आजदेखि लुम्बिनीको एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला



Advertisement
विज्ञापन

बुटवल । बुटवलमा आज बिहिबारदेखि लुम्बिनी एक्स्पो सुरु हुँदै छ । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ हुने एक्स्पोको पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।यहि पुसको १८ गतेसम्म हुने एक्स्पोमा ६ सय स्टल रहेका छन् । जसमा होटल तथा रेष्टुरेन्टका २३ वटा, उनी, गार्मेन्ट तथा तयारी पोशाकका १४१, अन्तर्राष्ट्रिय १०, र कृषिका ४३ स्टल रहेकाछन् ।

यसैगरशि ब्यागरजुत्ताचप्पल(६८, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी(७८, श्रृंगार, उपहार तथा खेलौना(५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान(५३, बैंकरवित्तीय संस्था एवं शैक्षिक संस्था(१८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस(६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स(१६, आइसक्रिम तथा वेकरीज(१८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस(८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहेको मेला मूल आयोजक समितिका संयोजक, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी गराए ।


Advertisement
Advertisement

मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिईएको छ । मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवर्द्धनात्मक प्रचारप्रसार गरिने पनि उनले बताए ।

कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिल भएको बेला यो मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण हुने आयोजकको दाबी छ ।मेलामा डान्स आइडल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता, र्याप गीत प्रतियोगिता र भजन प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement