बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी
२२१८
बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी भएका छन् ।अध्यक्षका अर्का उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पराजित गर्दै अर्याल विजयी भएका हुन ।
कोषध्यक्षमा ८०९ मतका साथ अर्याल प्यानलकै बसन्त प्रसाद ढकाल विजयी भएका छन । त्यसैगरि सचिवमा भने अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए ।सहकोषध्यक्षमा अर्याल प्यानलबाटै धनकुमारी खनाल विजयी भईन । उनले ८३० मत प्राप्त गरिन ।
बरिष्ठ उपाध्यक्षमा यस अघि नै टंकप्रसाद गैरे निर्विरोध निर्वाचित भएका छन । त्यसैगरि बाणिज्य तर्फको उपाध्यक्षमा पनि यस अघि नै विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन ।




