रैनादेवी छहरा गाउँपालिका पाल्पाले वडा स्तरमै जनतालाई सेवा दिने
पाल्पा। पाल्पाको रैनादेवी छहरा गाउँपालिका पाल्पाले वडा स्तरमै जनतालाई सेवा दिने भएको छ । पालिकाले एकिकृत घुम्ति शिविर मार्फत सबै वडामा पुगेर पालिकाको सेवा दिने गाउँपालिकाअध्यक्ष रुक्मागत भट्टराईले बताए ।
शिविरमा योजना सम्झौंता, घटना दर्ता, अपाङ्गगता परिचयपत्र वितरण, निशुल्क स्वास्थ्य शिविर, व्यवसाय दर्ता, नविकरण लगायतका काम गरिने प्रमुख प्रशासकिय अधिकृत दिनेश सारुले बताए ।
शिविरमा योजना सम्झौंता, घटना दर्ता, अपाङ्गगता परिचयपत्र वितरण, निशुल्क स्वास्थ्य शिविर, व्यवसाय दर्ता, नविकरण लगायतका साना तिना कामको लागि पालिकामा दुःख पाउन नपरोस भनेर वडा र वस्तीमै पुगेर सेवा दिन थालिएको प्रप्रअ सारुको भनाई रहेको छ ।
पालिकाले यस वर्ष असोज मसान्तभित्रै योजनाहरुको सम्झौंता गरेर समयमै फरफारक हुने गरी काम गर्ने योजना बनाएको उपाध्यक्ष युवराज थापाले बताए ।
शिविर वडा नं.१ को सिद्धेश्वरबाट २१ गते सुरुभई ३० गते वडा नं. ८ को सत्यवतीमा समापन हुने गाउँपालिकाले सर्वसाधारणका लागी जारी गरेको सुचनामा उल्लेख गरिएको छ।




