Advertisement
विज्ञापन

टिस्टा नदीमा बाढी आउँदा भारतीय सेनाका २३ जवान बेपत्ता



Advertisement
विज्ञापन

काठमाडौं। भारतको सिक्किममा भारी वर्षा भएको छ। भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित भएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार टिस्टा नदीमा बाढी आउँदा सेनाका २३ जवान बेपत्ता भएका छन्। उनीहरु पानीको बहावसँगै बगेको आशंका गरिएको छ। उनीहरुको खोजी भइरहेको जनाइएको छ।


Advertisement
Advertisement

बाढीकै कारण चुङ्थाङ्ग बाँधबाट पानी छोडेपछि तल्लो भेगमा पानीको जलस्तर बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। अचानक आएको बाढीले सेनाको एउटा सवारी साधन डुबाउनुका साथै २३ जवान बेपत्ता भएका हुन्।

जलपाइगुडी प्रशासनले टिस्टा नदीमा आएको बाढीलाई मध्यनजर गर्दै तल्लो भेगका तटीय क्षेत्र खाली गर्न आदेश दिएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ्ग बाढी प्रभावित क्षेत्रको निरीक्षणमा गएका छन्।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement