Advertisement
विज्ञापन

भैरहवा भन्सार बाट राजश्व असुल कम



Advertisement
विज्ञापन

बुटवल । नेपालमा तीज सकिएको छ भने सबैभन्दा ठूलो पर्व दसैं र तिहार नजिकै आइरहेको छ ।नेपालमा पर्ने यी चाडलाई लक्षित गरी साउन र भदौ महिनामा सबैभन्दा बढी आयात हुने गरेको थियो । तर चालु आर्थिक वर्षमा गत वर्षभन्दा पनि कम राजस्व असुल हुने देखिएको छ ।

गत आवको साउन र भदौ महिनामा भैरहवा भन्सार कार्यालय हुंदै १० अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको थियो । यसबाट भन्सार कार्यालयले छ अर्ब ४९ करोड राजस्व असुली गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले जानकारी दिए ।


Advertisement
Advertisement

यस्तै चालु आवको सोही अवधिमा ११ अर्ब २५ करोडको वस्तुहरू आयात भएको छ । तर राजस्व भने पांच अर्ब ९९ करोड मात्र असुली भएको छ ।राजस्व असुलीको आधारमा हेर्दा चाड पर्व लक्षित गरी भैरहवा भन्सार कार्यालयबाट सबैभन्दा बढी मोटरसाइकल आयात हुने गरेको छ ।

गत वर्षको दुई महिनामा २५ हजार आठ सय ३३ वटा मोटरसाइकल आयात भएकोमा चालु आवको सोही अवधिमा १७ हजार चार सय ६३ वटा मोटरसाइकल आयात भएको छ । यस्तै गत वर्षको साउन र भदौ महिनामै ९५ करोड ८२ लाखको ग्लेज टाइल आयात भएकोमा यसवर्ष सोही अवधिमा ७१ करोड ८२ लाखको मात्र आयात भएको छ ।

गत वर्ष सुरुको दुई महिनामा एक अर्ब ११ करोडको पेट्रोल आयात भएको थियो । यस वर्ष दुई महिनामा एक अर्ब एक करोडको पेट्रोल आयात भएको छ ।
आव २०७८÷७९ को सुरुको दुई महिनामा १७ करोड ८४ लाखको जीप कार र भ्यान, २५ करोड ४८ लाखको पिकअप तथा डेलिभरी भ्यान, एक अर्ब ७० करोडको एमएस बिलेट, रु ७० करोड ५७ लाखको मार्बल स्ल्याव, २८ करोड ७६ लाखको सुपारी आयात भएको थियो ।

सोही अवधिमा एक अर्ब ७३ करोडको एलपी ग्यास र एक अर्ब ४७ करोडको मोबाइल पनि आयात भएको सूचना अधिकारी भट्टराईले जानकारी दिए ।
आयात गत वर्षको तुलनामा खुम्चिए पनि भैरहवा भन्सार हुंदै हुने निर्यात केही मात्रामा बढेको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी भट्टराईका अनुसार गत आवको पहिलो दुई महिनामा भैरहवा भन्सार हुंदै ८३ करोड ३२ लाख बराबरको विभिन्न वस्तु निर्यात भएकोमा चालु आवको दुई महिनामा एक अर्ब ५७ करोड बढीको निर्यात भएको छ ।

भैरहवाबाट सबैभन्दा बढी निर्यात हुनेमा सिन्थेटिक यार्न रहेको छ । यस्तै यहांबाट पिनाल काँच, डण्डी, जडीबुटी, वनस्पति उत्पादन, स्टिलका भांडा, दालचिनी, अदुवा, सुठो, चोकर, भुस, सिमेन्ट, क्लिकंर लगायत रहेका छन ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement