नेपाल पत्रकार महासंघ गुल्मीमा फेरि लाग्यो ताला
गुल्मी ।नेपाल पत्रकार महासंघ गुल्मीमा बुधबार फेरि तालाबन्दी भएकाे छ ।प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुवँर ,नेपाल पत्रकार महासँघका सँस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठ ,प्रेस चौतारी गुल्मीका पुर्व अध्यक्ष समेत रहेका प्रदेश सदस्य ज्ञान बहादुर महतरा ,जनजाति पत्रकार सँघ गुल्मीका अध्यक्ष लाेक प्रसाद छन्त्याल ,प्रेस सँगठनका केन्द्रीय सदस्य गणेश सारुकाे टाेलिले बुधबार पत्रकार महासँघकाे भवनमा तालाबन्दी गरेकाे हाे ।
यस अघि मँगलबार पनि यहि समुहबाट तालाबन्दी गरिएकोमा अपरान्ह गुल्मीका कृयाशिल पत्रकारकाे नाम बाट ताला ताेडिएकाे थियाे ।नेपाल पत्रकार महासँघकाे सदस्यता सुद्दिकरण अभियानमा कृयाशिल पत्रकारहरुलाई पनि हटाईएकाेमा असहमति जाहेर गर्दै याे तालाबन्दी भएकाे फाेनिजका अध्यक्ष लाेक प्रसाद छन्त्यालले बताए ।
सुद्दिकरणका नाममा मनाेमानि ढँगबाट सदस्यता खाेस्नेकाम भयाे यसकाे प्रतिवाद स्वरुप याे तालाबन्दी भएकाे हाे र हामी नेपाल पत्रकार महासँघकाे केन्द्रीय समिति र प्रदेश समितिलाई ध्यानाकर्षण गराउन चाहन्छौँ समस्याकाे समाधान खाेजियाेस ।
यदि समस्या समाधानकाे बाटाे खाेजिएन भने तालाबन्दी जारी रहने नेपाल प्रेस युनियनका गुल्मीका अध्यक्ष तथा नेपाल पत्रकार महासँघ गुल्मीका उपाध्यक्ष रेशम कुवँरले भने ।नेपाल पत्रकार महासँघकाे साधारण सभाले पत्रकार सदस्यता सुद्दिकरणका लागि परामर्श दिन तीन सदस्यीय कार्यदल बनाएकाे थियाे र साहि कार्यदलले गरेकाे सिफारिसका आधारमा ६१ जना मध्ये २६ जनाको सदस्यता कायम रहने गरि प्रतिवेदन प्रस्तुत गरेकाे छ ।




