Advertisement
विज्ञापन

सरस्वती पुजामा तिलोत्तमा–६ द्वारा विद्यालयलाई इरिक्सा



Advertisement
विज्ञापन

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–६ ले बसन्त पन्चमीको शुभ दिन पारी वडामा रहेको उमा आधारभुत विद्यालयलाई विद्युतीय अटो रिक्सा उपलब्ध गराएको छ ।

बिहीवार एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरी, वडा अध्यक्ष गणेश पाठक र वडा सदस्यहरुले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्र बहादुर दर्लामीलाई विद्युतीय अटो रिक्साको साँचो हस्तान्तरण गरेका हुन् । सुनौलो बस्ती , गोरकट्टा , कुञ्जलापुर को पश्चिम क्षेत्र टाढा टाढा बाट आउने विद्यार्थीलाई विद्यालयसम्म सहज रुपमा पुग्न विद्युतीय अटो रिक्साले सहयोग पुग्ने नगरप्रमुख रामकृष्ण खाणले बताए ।


Advertisement
Advertisement
Advertisement

विद्यालयको समग्र भौतिक निर्माण तथा शैक्षिक विकासका लागि आफुहरु सकारात्मक रहेको र योजना बद्ध रुपमा अगाडी बढेको नगरप्रमुख खाणले बताए । टाढाको स्थानबाट पढ्नका लागि बालबालिका आउने कार्यलाई सहज बनाउन साधनको रुपमा विद्युतीय अटो रिक्सा उपलब्ध गराइएको तिलोत्तमा वडा नम्बर–६ का अध्यक्ष गणेश पाठकले बताए । उनले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पनि सवारी साधनले सहयोग पुग्ने जनाए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad