Advertisement
विज्ञापन

माओले उठाएको संसदवाद विरुद्धको झण्डा झुक्न दिने छैनौँ : सुमन सी



Advertisement
विज्ञापन

दिपेन्द्र खत्री, पुष ११, गुल्मी ।
नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य एवं गुल्मी जिल्ला सेक्रेटरी सुमन सी संसदवाद र विचार विचलन विरुद्ध माओले उठाएको क्रान्तिको झण्डा झुक्न नदिने बताएका छन् । जिल्ला पार्टी गुल्मीले चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको १३० औं जन्मजयन्तीको अवसरमा धुर्कोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले माओत्सेतुङ विश्वसर्वहारा वर्गका नेता र साम्राज्यवाद विरोधी क्रान्तिका मार्गदर्शक भएको बताएका छन् ।

‘माओको योगदान र शिक्षाहरु’ बिषयमाथि बोल्दै उनले कम्युनिस्टको नाममा संसद्वाद र सुधारवादको अभ्यास गर्दै कम्युनिस्ट पार्टीलाई बदनाम गराउन सरकारी एमाले माकेहरू लागेको अवस्थामा माओ दिवसको महत्व अझ बढेर गएको बताए । उनले एकीकृत जनक्रान्ति नेपाली क्रान्तिको कार्यदिशा भएको बताउदै आजको भूमण्डलीकृत पुँजीवादका विरुद्ध लड्न क्रान्तिकारीहरूबीच एकता, धु्रवीकरण र मोर्चा बनाउनुपर्ने बताए ।


Advertisement
Advertisement


कार्यक्रममा जिल्ला जनसत्ता प्रमुख भीषण सी, जिल्लाका नेताहरु प्रकाश सी, अर्जुन सी, सूर्य सी, चन्द्र सी, युवा संगठन नेपालका जिल्ला संयोजक शीतल सी, प्रवास संगठनका डिल्लीराज सी, सहिद तथा बेपत्ता परिवार संगठन जिल्ला संयोजक रतन सी, अखिल (क्रान्तिकारीको जिल्ला संयोजक राज सी, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ झुपा सी, जनपत्रकार संगठन नेपालका जिल्ला संयोजक दीपेन्द्र सीलगायतले माओले गरेका योगदानबाट लिनुपर्ने शिक्षाबारे चर्चा गरेका थिए ।

नेकपाले १३० औं माओ दिवस देशव्यापी रुपमा हरेक बर्ष मनाउँदै आएको छ । यही सन्दर्भमा गुल्मीमा नेकपाले कार्यक्रमको आयोजना गरेको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement