Advertisement
विज्ञापन

गुल्मी रेसुङ्गाको साउने मेलामा राम्दीबाट १४ पण्डित आउने



Advertisement
विज्ञापन

टोपलाल अर्याल,गुल्मी । बस्नेत संघ गुल्मीले रेसुङ्गामा विशेष पुजा गर्ने भएको छ । साउन १ गतेबाट रेसुङ्गामा सुरु हुने साउने मेलाको पहिलो दिन ११ बटुकद्वारा लघु रुद्री र अरु तीन जना पण्डितबाट बिशेष पुजा गरिने संघका अध्यक्ष देब बहादुर बस्नेतले जानकारी दिए ।

 


Advertisement
Advertisement
Advertisement

बस्नेत संघ जिल्लामा २०५८ सालमा स्थापना भएको थियो  संघले प्रत्येक बर्षबाट रेसुङ्गामा पुजा व्यवस्थापनमा सहयोग गर्दै आएको छ। रेसुङ्गा सिद्धबाबा मन्दिरमा बस्नेत पुजारीलाई बिशेष रुपमा महत्व दिने गरिएको छ। साउन १ गते बिशेष पुजा र एक महिना पुजारी मात्रै मन्दिरमा रहने संघका अध्यक्ष बस्नेतले बताए ।

 

उनले बस्नेतहरुसंग जोडिएको रेसुङ्गा सिद्धवाबाको सम्बन्ध अझै प्रगाढ गराउँदै बस्नेहरुलाई जिल्लाभर एकीकृत गर्ने उदेश्यले पाँच बर्षदेखि बिशेष रुपमा पुजा थालिएको बताए । रेसुङ्गा सिद्धबाबा मन्दिरमा पाठीको बलि दिने परम्परा थियो । त्यो परम्पराको बारेमा देशका विभिन्न स्थानमा बुझ्दा बलि प्रथा गलत भन्ने प्रमाणित भएपनि अहिलेबाट प्रत्येक बर्ष बिशेष पुजा गर्ने योजना बनाइएको बस्नेत संघका उपाध्यक्ष नेत्र बहादुर बस्नेतले जानकारी दिए ।

 

साउने मेलाको पहिलो दिन पुजा गर्न राम्दीबाट ११ जना र तीन जना पण्डित गरेर १४ जनाको टोली रेसुङ्गा आउने उपाध्यक्ष बस्नेतले बताए । जिल्लामा करिब पाँच हजार बस्नेत परिवार छन् । संगठित गर्ने र एकिन तथ्यांक लिने काम भइरहेको संघका सचिव अनिल बस्नेतले जानकारी दिए ।

 

उनीहरुले बस्नेत परिवारभित्र गम्भिर बिरामी हुँदा, आर्थिक अवस्था कमजोर हुने परिवारलाई सहयोगसंगै पाँच बर्षदेखि रेसुङ्गामा महिनाभर पुजा र प्रसाद खुवाउने गरिएको बस्नेतले बताए । अहिले संघले आजिवन सदस्य बनाएर प्रत्येक सदस्यबाट ५ हजार संकलन गरेर कोष स्थापना गर्ने र व्याजबाट रेसुङ्गाको पुजा व्यवस्थापन गर्दै आएको छ ।

 

अहिले ८० जना आजिवन सदस्य भएका छन् । संघमा बिशेष सहयोग र भूमिका इन्जिनियर टोप बहादुर बस्नेतले गरेका छन् । उनले रेसुङ्गाको लागि एक लाख एक हजार र मृगौला पीडितको लागि ५० हजार सहयोग गरेका छन् ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad