Advertisement
विज्ञापन

गुल्मी महोत्सवको पहिलो रेकर्ड : सातौं दिन १७ हजार बढीले गरे अवलोकन



Advertisement
विज्ञापन

गुल्मी – नयाँ बर्ष २०७९ सालको पहिलो दिन अर्थात् चौथो गुल्मी महोत्सवको सातौं दिन बिहिवार १७ हजार १ सय ९२ जना दर्शकले महोत्सव अवलोकन गरेका छन् । गुल्मी जिल्लामा भएका महोत्सव मध्ये टिकट काटेर प्रवेश गर्ने दर्शकको संख्या धेरै र पहिलो भएको गुल्मी उद्योग बाणिज्य सघ गुल्मीका अध्यक्ष इश्वरी प्रसाद पौडेलले बताए ।

महोत्सवमा लोक तथा दोहोरी गायक पशुपति शर्मा, सन्तु थापा, गणेश अधिकारी , सुरेश राना,श्री कृष्ण अर्याल, लोक तथा दोहोरी गायिका शान्ता श्री परियार ,अस्मिता जिएम ,हास्याब्याङ्ग्य कलाकार , श्री प्रसाद थापा , पुरुषाेत्तम भण्डारी , लगायत जिल्ला स्तरीय कलाकारको बेजोड प्रस्तुति राखेका थिए ।


Advertisement
Advertisement
Advertisement

महोत्सवको सातौं दिन सबैलाई लोक तथा दोहोरी गायक पशुपति शर्माले दर्शनकलाई चिदिकहुरमा धुलो उडाउदै नचाएका थिए । शर्माले स्टेजबाट गीत गाउँदा दर्शक झुमेका थिए ।

चैत्र २५ गते देखी सुरु भएको महोत्सव आगामी बैशाख ०४ गते सम्म चल्ने छ । प्रत्येक दिन महोत्सवमा सास्कृतिक कार्यक्रम, बिभिन्न झाँकी प्रस्तुति रहने छन् । महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । महोत्सवमा दुई सय स्टल रहेका छन् ।

महोत्सवको आठौं दिन शुक्रबार राष्ट्रिय कलाकार खुमन अधिकारी , राधिका हमाल,निर्मला थापा मगर, हरि खत्री , बिस्णु सिन्जाली , टिकाराम पोखरेल, माया थापा लगायतको बेजोड प्रस्तुति रहने चौथो गुल्मी महोत्सव सास्कृतिक कार्यक्रम संयोजक इश्वरी कडेलले जानकारी दिए ।

महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औँद्योगिक क्षेत्रको प्रवर्द्धनसँगै पवित्र तपोभूमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुती रहने छ । चैत २५ गतेबाट सुरु भएको महोत्सव यहि बैशाख ४ गते सम्म चल्ने छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad