Advertisement
विज्ञापन

पत्रकार स्थापना दिवस:गुल्मीमा फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य परीक्षण



Advertisement
विज्ञापन

अनिष पन्थी, गुल्मी। नेपाल पत्रकार महासंघ गुल्मीले फरक क्षमता भएका बालबालिकाको लागि निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आफूहरूले उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य परीक्षण गरेर स्थापना दिवस मनाएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले पत्रकारको कलममा ठूलो शक्ति भएको बताए ।

फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नु निकै उल्लेखनीय काम भएको भन्दै रेसुङ्गा नगरपालिकाका प्रमुख भुसालले पत्रकारको कार्यलाई खुलेर प्रशंसा गरे । पत्रकारको शक्ति असाध्यै ठूलो भएको भन्दै नगरप्रमुख भुसालले कलमको दुरुपयोग नगर्नुका साथै स्वच्छ र निष्पक्ष रुपमा पत्रकारिता गर्न आग्रह गरे । पत्रकार पेशा इमानदार र राम्रो पेशा भएपनि गाउँबाट सदरमुकाममा कोठा भाडामा बसेर पत्रकारिता गरेर कोठा भाडा तिर्न नसक्ने अवस्था रहेकोमा प्रमुख अतिथि नगरपालिकाका प्रमुख भुसालले दुख ब्यक्त गरे । स्थापना दिवसको अवसरमा सबै पत्रकार व्यवसायी बन्न सकुन् भन्दै उनले शुभकामना समेत दिए ।

उपल्लो तम्घास माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश श्रीपालीले पत्रकारहरूले गरेको काम निकै महत्त्वपूर्ण रहेको बताए । राज्यको चौथो अंगको रुपमा रहेका पत्रकारहरुले आफ्नो विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेकोमा धन्यवाद दिए । पूर्व पत्रकार समेत रहेका नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिव श्रीपालीले पत्रकारसँगको सहयोग र सहकार्यमा निरन्तर अगाडि बढ्ने बताए ।

नेपाल पत्रकार महासंघ गुल्मीले गुल्मी अस्पताल र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीको समन्वयमा कुल ३३ जना विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले स्थापना दिवसको अवसरमा स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्नको लागि फरक क्षमता भएका विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको बताए । कार्यक्रममा स्वागत मनतब्य राख्दै नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष रेशम कुँवरले सन्त नेता कृष्ण प्रसाद भट्टराईले पत्रकार महासंघको स्थापना गरेको स्मरण गराउदै पत्रकारिता क्षेत्रमा सबै निष्पक्ष र स्वतन्त्र भएर लाग्न पर्ने बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad