हिमालय आधारभूत विद्यालयको ६३ औ वार्षिकोत्सब सम्पन्न
गुल्मी । धुर्कोट गाउँपालिका वाड नं. ५, बस्तु स्थित श्री हिमालय आधारभूत विद्यालयको ६३ औ वार्षिकोत्सब भब्यताका साथ सु सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशवराज कुवरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि धुर्कोट गाउँपालिकाका प्रमुख श्री भुपाल पोखरेल, विशेष अतिथि वाड नं. ५ का वाड अध्यक्ष श्री ढुण्डिराज भण्डारी, ने.क.पा. माओवादी केन्द्रका प्रदेश सदस्य श्री निमबहादुर पाण्डे, अतिथिहरु विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधि, धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसका उप प्रध्यापक विशाल घिमिरे, हिमालय मा वि का प्रधानाध्यापक मदन कुमार सिंह लगायत रहनुभएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक नारायण पाण्डेले गर्नुभएको थियो ।
शिक्षक चुडामणि घर्तिको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा प्रधानाध्यापक सीता कुमारी खरेलले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथिले शैक्षिक क्षेत्रमा यस विद्यालयले पुर्याएको योगदान प्रति धन्यवाद ज्ञापन गर्दै शिक्षाको गुणस्तर वृद्धि गर्न गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा अभिभावक घैटोफोर कार्यक्रम, शैक्षिकसत्र २०७७ को पुरस्कार वितरण, विद्यार्थीका विभिन्न प्रतिभाहरु प्रस्तुत गरिएको थियो ।
शैक्षिक सत्र २०७७ मा श्री कालिका बोर्डिङ स्कूलसँग समायोजन भएपछि यस विद्यालयमा अंग्रेजी माध्यममा गुणस्तरीय रुपमा पठन पाठन हुन थालेपछि यस विद्यालयमा विद्यार्थीको चाप वढिरहेको जानकारी कार्यक्रम सञ्चालक नारायण पाण्डेले जानकारी गराउनुभयो । कक्षा ६ सम्म अध्याय अध्यापन हुने यस विद्यालयमा हाल १६९ जना विद्यार्थी रहेका छन् ।
स्मरण रहोस् १९८१ मा भाषा
पाठशालाको रुपमा स्थापित यो विद्यालय गुल्मीको पश्चिम क्षेत्रको पुरानो विद्यालय हो ।