राष्ट्रिय हास्यव्यङ्गय कविता प्रतियोगितामा नवलपरासीबाट अधिकारीको प्रतिनिधित्व

सुस्मन विश्वकर्मा, सुनवल

गोकर्णेश्वर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगितामा नवलपरासीबाट रेशम अधिकारीले प्रतिनिधित्व गर्ने भएका छन् । प्रतियोगितामा अधिकारीले ञहामी र हाम्रोवादझ शीर्षकको कविता वाचन गर्नेछन् ।

यहि आउदो चैत्र १८ गते काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिकाको आरुवारीमा उक्त प्रतियोगिता संचालन हुने जनाईएको छ ।

प्रतियोगितामा अधिकारीसंगै अन्य २९ जनाको सहभागिता रहने नगरपालिकाका शिक्षा तथा युवा शाखाका उप(सचिव विजय प्रसाद आचार्यले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः ३० हजार र २० हजार पुरस्कार पाउनेछनभने सान्त्वना हुने ३ जनाले भने प्रतिव्यक्ति १० हजार पाउनेछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै