Advertisement
विज्ञापन

समाजसेवी पौडेल परिवारद्वारा दुईदिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सुरू



Advertisement
विज्ञापन

सुरज भट्टराई ,गुल्मी । स्व. पिता लिलाधर पौडेल र स्व.माता उमाकला पौडेलको स्मृतिमा उहाँका छोरा रघुनाथ पौडेल र बुहारी निर्मला पौडेल तथा नाति डा. गोकुल पौडेलद्वारा बृहत स्वास्थय शिवीर तथा नि:शुल्क औषधि वितरण कार्यक्रम आज चन्द्रकोट गाउँपालिका वडा नं ८ तुराङ्ग दमार स्वास्थ्य चौकिमा सन्चालन भएको छ ।

पौडेल परिवारको आर्थिक सहयोग र लायन्स क्लब अफ कंचन हरैया को सहकार्यमा बरिष्ठ डाक्टरहरूको उपस्थितीमा गाउँका सर्वसाधारण जनतालाई सामान्य स्वास्थय सेवा प्रदान गर्ने उदेश्यले गाउॅंमै सिविर सुरू गरिएको हो ।


Advertisement
Advertisement
Advertisement

आज एक औपचारिक कार्यक्रमका विच उक्त कार्यक्रमका प्रमुख अतिथी चन्द्रकोट गाऊॅंपालिका प्रमुख दोर्ण ब खत्रीले ब्यानर पढेर कार्यक्रमको उद्घघाटन तथा शुभारम्भ गर्नुभएको हो ।

सोहि अबसरमा बोल्दै प्रमुख अतिथी खत्रीले गाऊॅंपालिकाले गर्ने कार्य एऊटा व्याक्तिले गरेकोमा ऊक्त कार्य उदारणिय भएको भन्दै आयोजक पौडेल परिवारलाई धन्यवाद दिनुभएको थियो ।
आफुहरू निर्वाचित भईसकेपछि स्वास्थय क्षेत्रमा गाऊॅंपालिकाले ठुलो फड्को मारेको बताऊदै राज्यको नितीअनुसार गाऊॅंपालिकाको केन्द्र शान्तिपुरमा पन्ध्र शैयाको अस्पताल निर्माण गर्न लाएको र अबको केही बर्षमै यहॅंाका जनता सामान्य स्वास्थय ऊपचारकोलागि बाहीर जान नपर्ने जानकारि दिनुभएको थियो ।

चन्द्रकोट गाऊॅंपालिका वडा नं ८ का वडाअध्यक्ष नन्दराम अर्यालको अधक्षतामा सन्चालन भएको कार्यक्रममा गतिशिल समाजसेवी युवा संन्जाल का अघ्यक्ष शंकर अर्यालले स्वागत मनतब्य रहेको थियो ।

त्यसैगरि बिशिष्ट आथित्यतामा चन्द्रकोट गाउॅंपालिकाकि उप प्रमुख राधिका अर्याल , गाऊॅंपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईन्द्र ब क्षेत्री , लेखा अधिकृत बसन्त रिजालको ऊपस्थिती रहेको थियो भने अतिथीहरूमा कार्यपालिका सदस्य रेनुका श्रिस मगर वडा सदस्य कल्पना दमाई , डिल्लीराज अर्याल , वडा नं ८ का स्वास्थयचौकि इन्चार्ज चक्र ब बस्नेत ,जनता बाल निकेतन माबि का प्रअ प्रेम नारायण अर्याल , समाजसेवी प्रेमराज पौडेल ,यदुनाथ पौडेल , नारायण प्र अर्याल , जमुना अर्याल , कुसुम अर्यालको उपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन वडा नं ८ कि वडासचिव लक्ष्मी अर्यालले गर्नुभएको थियो ।

कार्यक्रममा पत्रकार ,विभिन्न राजनैतिक दलका प्रतिनिधी , ब्यापारि , बिरामी , बरिष्ट चिकित्सक , शुरक्षाकर्मी आदिको ऊल्लेखनिय व्याक्तिहरूको ऊपस्थिती रहेको थियो ।

उपस्थित बिशिष्ट अतिथीहरूलाई पौडेल परिवारद्वारा मायाकोचिनो प्रदान गरि टिका र फुलमाला लगाएर सम्मान गरिएको थियो ।

आज पहिलो दिन करिब तिनसय विरामीहरूले आफ्नो सामान्य स्वास्थय जाचॅं गराएका छन । सामान्य आखॅंा , दातॅं , छाती ,कान, घाटी ,छाला सम्बन्धि रोगहरूको परिक्षण गरि आवश्यक औषधि तथा चस्मा पर्दान गरिएको थियो । सोहि अबसरमै आज जनता बाल निकेतन माबि मा अध्यान गर्ने ७,८,९,१० का विद्यार्थीहरूलाई सामान्य स्वास्थय शिक्षा प्रदान गरिएको थियो । भोलि सोहि बिद्यालयमा अध्यान गर्ने सम्पूर्ण छात्रा विद्यार्थीलाई शेनेटरी प्याड बितरण गरी आज उपलब्ध गराएका सेवाहरू भोलिपनि प्रदान गर्दै कार्यक्रमको समापन हुने कार्यक्रमका शभापति तथा वडा नं ८ का वडाअध्यक्ष नन्दराम अर्यालले जानकारि दिनुभएको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad