Advertisement
विज्ञापन

रुस र युक्रेनबीच आज पनि टर्कीमा शान्ति वार्ता हुँदै



Advertisement
विज्ञापन

काठमाडौ । रुस र युक्रेनबीच आज पनि टर्कीमा शान्ति वार्ता हुँदैछ । वार्तामार्फत रुसलाई तत्काल युद्धविराम गराउने युक्रेनको चाहना छ ।

युद्धविरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्नेमा युक्रेनका विदेशमन्त्री द्विमित्रो कुलेबाको जोड छ ।


Advertisement
Advertisement
Advertisement

हिजो मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताउनुभएको थियो । तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षबाट हुनुपर्नेमा उहाँको जोड छ।

रुसका राष्ट्रपति र टर्कीका समकक्षीबीचको पछिल्लो टेलिफोन वार्तामा रूसी र युक्रेनी प्रतिनिधिमण्डल इस्तानबुलमा भेट्ने सहमति भएको थियो ।

रुसले गएको फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण सुरु गरेपछि पहिलो पटक फेब्रुअरी २८ मा बेलारुसमा वार्ता भएको थियो । त्यस्तै बेलारुसमै दोस्रो चरणको वार्ता गएको मार्च ३ तारिख, तेस्रो चरणको ७ तारिख र चौथो चरणको वार्ता १४ तारिखमा भएको थियो । वार्तालाई निरन्तरता दिँदै उनीहरुले पाँचौँ चरणको वार्ता गर्न लागेका रुसी समाचार संस्था तासले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad