Advertisement
विज्ञापन

प्रधानमन्त्री देउवा१८ गतेभारत भ्रमणमा जादै



Advertisement
विज्ञापन

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते शुक्रवार भारत भ्रमणमा जानुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे औपचारिक जानकारी दिएको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा भारत जान लाग्नुभएको हो ।


Advertisement
Advertisement
Advertisement

प्रधानमन्त्री देउवासँगै उहाँकी श्रीमती डा. आरजु राणा देउवा, परराष्ट्र मन्त्री  डा. नारायण खड्कालगायतका उच्च पदस्थ व्यक्ति पनि भारत जाने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच चैत १९ गते भेटवार्ता हुनेछ । उहाँहरूले संयुक्त रूपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी छ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad