गुल्मी चन्द्र्कोट्को अध्यक्षमा माओवादीले केसिलाई उम्मेदवार बनाउने

हुमाकान्त पोखरेल,गुल्मी । नेकपा माओवादी केन्द्र, चन्द्रकोट गाउँकमिटी, गुल्मीले आगामी स्थानीय तहको निर्वाचनमा युवा नेता युवराज केसीलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

पार्टीको शनिबार बसेको बैठकले केसीलाई सर्वसम्मत रुपमा गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय सहित उक्त प्रस्ताव पार्टीको जिल्ला समन्वय समितिमा पठाएको छ ।

केसी हाल नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उनले समाजशात्र र राजनीतिक शात्रबाट स्नातकोत्तर उत्तिर्ण गरेका छन् ।

शिक्षण पेशा छोडेर उनी तत्कालिन जनयुद्धमा सहभागि भएका थिए । यसभन्दा अगाडी उनी पार्टीको जिल्ला कमिटी सचिवको जिम्मेवारी पनि सम्हालेको विद्यार्थी नेता घनश्याम खरेलले जानकारी दिए ।

केसीको उम्मेदवारीको प्रस्ताव पार्टीको प्रदेश कमिटीबाट अन्तिम निर्णय हुने माओवादी केन्द्रले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै