Advertisement
विज्ञापन

नेपालमा वर्तमान समयमा भएको मूल्यवृद्धि



Advertisement
विज्ञापन

नेपालमा वर्तमान समयमा उपभोग्य सामानहरुमा भएको मुल्य वृद्धिले धेरै समस्याहरू सिर्जना गरेको छ। दिनप्रती दिन उपाभोग्य वस्तु तथा सेवाहरुको मुल्य बढदै जादा सर्वसाधारण जनताहरु मारमा परेका छन् ।

सरकारले मुल्य वृद्धि नियन्त्रण गर्न नसक्दा चाडपर्वकाे समयमा खाद्यवस्तुको भाउ बढने पुरानै रोग बल्झिएको छ । भाउ अनियंत्रित  रूपमा बढिरहेदा यसलाई नियन्त्रण गर्नेतर्फ सरकारको पहुँच पुग्न सकेको देखिदैन ।


Advertisement
Advertisement
Advertisement

सरकारले बजार अनुगमनलाई तीव्रता दिन नसक्दा मूल्यनियन्त्रण गर्न समस्या परिरहेको छ ।  सरकारको लक्ष्य अनुसार बजेट हुने बिप्रेषण आप्रबाह वृद्धिदर कायमै रहने हो भने मुल्य वृद्धि अझै बढने अनुमान गरीयको छ ।

अघिल्लो आर्थिक बर्ष भन्दा बढिको बजेट आउनु ,बिप्रेषण आप्रबाहको दर बढनु ,बजारमा सरकारको कमजोर उपस्थिति हुनु र अनुत्पादक क्षेत्रमा लगानी बढनु को कारण बजार भाउ नियन्त्रण बाहिर रहेको अर्थबिद हरुले विश्लेषण गरिरहेको छन।

तरकारी लगायत दैनिक उपभोग्य सामग्रीको मुल्य  बढेपछि उपभोक्ताहरू पिडित भएका छन विशेष गरि चाडपर्वकाे समयमा उपभोक्ताकाे ढाड सेक्ने गरि अस्भाविक रूपमा मुल्य वृद्धि भएरहे पनि सरकार बाला निकाय माैन भैदिदा  सर्बसाधारण मर्मका मा परेका छन् स्थानीय प्रशासनले नियमित अनुगमन गरि मुल्य बृदि नियन्त्रण गर्न जे जसरि भए पनि प्रभावकारि अनुगमन हुने हो भने तेसरि भैरहेकाे जसका कारण प्यापारिले अनुचित फाइदा उठाउदै आएका छन ।

उदाहरणका लागि अहिले रूस र युक्रेेन बिच भइरहेकाे युद्ध ले गर्दा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइ  ढुवानि सेवा वृद्धि को प्रभाव पारेका कारण खाद्यन बस्तुहरूकाे मुल्य दिनानुदिन बढिरहेको छ ।

उपभोक्ता को दैनिक जिबन सङ्ग जोडिएका र बिहान बेलुका को लागि अति आबस्यक पर्ने हरियो तरकारी ,खाने तेल,चिनी र खाद्य बस्तुको मुल्य छोइसाध्य छैन ।  सुपथ भनेर खोलीयका पसलमा पनी उपभोक्ता ले राहतको अनुभुती गर्न सकेका छैनन।तुलनात्मक रूपमा बजार अनुगमन गरीने हो भने चाडपर्वकाे अबसर छोपेर बजार मुल्री मा मनोमानी हुन पाउदैन।

बेमौसमी तरकारी र खाद्यनन्को उत्पादन कम भएको बाहानामा उपभोक्ता लाई मर्कामा पार्नु कदापी उचित होइन ।जबसम्म कालोबजारी र बिचौलिया नियन्त्रण गर्न सकिदैन ,उपभोक्ता यसरी नै महग्गी को मारमा पिल्सिरहने छन् ।बजारलाई आफ्नो  नियन्त्रण मा राखने ब्यबसायी ,बिचौलिया र मनोमानी गर्ने विरुध कारबाही नगरेसम उपभोक्ताले यसैगरी नै सोस्ती पाउनेछन । तसर्थ ,प्रशासनले नागरिक समाजको समलग्न्ता बजार अनुगमन लाई प्रभाबकारी बनाउनु जरुरी देखियको छ।

लेखक :सुशीला के.सि
ठेगाना :मदाने ७ गुल्मी

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad