राष्ट्रिय कृषि गणना २०७८ सम्बन्धि सचेतना गोष्ठी गुल्मीमा समपन्न

अनिष पन्थी,गुल्मी । गुल्मीमा राष्ट्रिय कृषि गणना २०७८ को सचेतना समबन्धी जिल्ला स्तरीय गोष्ठी सदरमुकाम तम्घासमा  समपन्न भएको छ।

कृषि गणनाको सार कृषि योजनाको पुर्वाधार भन्ने नाराका साथ राष्ट्रिय कृषिगणना २०७८ सुरु भए अनुरुप सोही गोष्ठी सञ्चालन गरिएको हो ।

गोष्ठीमा नेपालमा कृषि गणनाको संक्षीप्त इतिहास,कृषि गणनाको उदेश्य र यसको कानुनी प्राबधान,कृषि गणनामा समिटिने क्षेत्रहरु,घर परिवारले गरेका कृषिकार्यको तथ्यांक सङकलन बिधि लगाएतका बिषयमा  कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कृषि गणनाको अध्यान गर्दा यो निकै महत्त्वपूर्ण रहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण पराजुलीले बताए ।
यो कार्यक्रमलाई समय सापेक्ष अनुरुप लिएर अगाडि बढनु  पर्नेमा जोड दिदै प्रमुख अतिथि पराजुलीले यो सचेतना गोष्ठी जिल्ला स्तरमा मात्र नभई  स्थानीय तहमा पनि सञ्चालन गर्नुपर्ने बताए ।
स्थानीय स्तरमा कृषि गणनाको महत्त्व बुझाउन जरुरी भएको  बताउँदै  सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न सरोकारवालाहरुलाइ आग्रह गरे ।

कृषिमा अहिले तीन तहको सरकार लागेको र  सांसर भरी गरिबी र भोकमरि अन्त्य गर्न कृषि मुख्य पाटो भएको प्रमुख जिल्ला अधिकारी एवं राष्ट्रिय कृषि गणना गुल्मीका अध्यक्ष पुन्य बिक्रम पौडेलले बताए ।
जीवन धान्ने मुल आधार नै  कृषि भएको बताउदै यो कार्यक्रम  निकै सान्दर्भिक भएको उल्लेख गरे ।
गणना राम्रो हुन जरुरी भएको बताउदै प्रमुख जिल्ला अधिकारी एवं कार्यक्रमका अध्यक्ष पौडेलले गणक र सुपरिवेक्षण लाई तालिम दिदा सहि तरिकाले दिन आग्रह गरे ।

कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनीति दलका प्रमुख एवं प्रतिनिधि ,नागरिक समाज ,जिल्लामा क्रियाशिल पत्रकारहरु  ,बिधालयका प्रधानाध्यापक ,शिक्षा शाखाका प्रमुख एवं  प्रतिनिधि ,सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि लगाएतको उपस्थित रहेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै