अनलाइन मिडियालाई पनि विज्ञापन दिने सरकारी तयारी

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी थालेको छ ।

सञ्चारगृहका रूपमा व्यवस्थित तरिकाले चलाइएका अनलाइन सञ्चारमाध्यमलाई वर्गीकरण गरेर विज्ञापन उपलब्ध गराउन अध्ययन थालिएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

रूपन्देहीमा आयोजित एक कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले चाँडै नै यसबारे निर्णय हुने जनाए ।

यसअघि भदौ २५ मा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले संघीय संसद्‌मा प्रस्तुत गरेको अर्थसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक मार्फत अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै