Advertisement
विज्ञापन

रुकुम पश्चिममा तीन दिनदेखि हराइरहेका एक युवाकाे शव फेला



Advertisement
विज्ञापन

रुकुम पश्चिम । रुकुम पश्चिममा तीन दिनदेखि हराइरहेका एक युवाकाे शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका-१ पातुखोलामा आज बिहान शव भेटिएको हो।

बाँफिकोट गाउँपालिका-८ घर भएका अन्दाजी १७ वर्षका करण पुन मगरको आज बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।


Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार पालुखोलामा रहेको बङ्गुरफर्मभन्दा माथिको भिरमा उनको शव भेटिएको हो। मगरकाे भिरबाट खसेर ज्यान गएको हुनसक्ने अनुमान गरिएकाे छ ।

पातुखोलामा रहेकाे फुपुको घरमा बस्दै आएका करण गएकाे १० गतेदेखि हराएका थिए। कक्षा १० मा अध्ययनरत करणको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad