आज विश्व नेवाः दिवस मनाइँदै

काठमाडौ । आज विश्व नेवाः दिवस मनाइँदैछ ।नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले हरेक मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ का रुपमा मनाउने गरिन्छ।

सांस्कृतिक रुपले निक्कै सम्पन्न मानिने नेवार समुदायको आफ्नौ भाषा र लिपि रहेको छ ।  विश्वका विभिन्न देशहरुमा जस्तै नेपालमा पनि आज नेवा: सँग सम्बन्धित सङ्घसङ्गठनले यो दिवस मनाउने गर्छन् ।

काठमाण्डौ उपत्यकामा नेवार समुदायको धेरै बसोबास भएकाले यहाँ अझ धेरै कार्यक्रमहरु हुने गरेका छन् ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै