
मनु सुनार,मनसुन ,गुल्मी, ११ चैत्र । गुल्मीको चन्द्रकोट गाउँपालिकामा हराचौर स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर तीनमा रु २५ लाखको लागतमा नवनिर्मित भवनको उद्घाटन गरिएको हो ।
आर्थिक वर्ष २०७६÷०७७ को गाउँपालिकाद्वारा विनियोजित बजेटबाट निर्माण गरिएको स्वास्थ्य चौकी भवनको गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले काष्ठ लेखन अनावरण गरि उद्घाटन गर्नुभएको हो ।
स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै अध्यक्ष खत्रीले जनप्रतिनिधि निर्वाचित भएपछि गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा पनि उल्लेखीय कामहरु गरेको बताउनुभयो ।
ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव ज्ञवालीले बताउनुभयो ।
भवन निर्माणको ठेक्का छपनी डेप्लपस कम्पनीले लिइ सम्पनन गरेको ज्ञवालीले जानकारी दिनुभयो ।
यस स्वास्थ्य चौकीमा चन्द्रकोटको वडा नम्बर १, २, ३ र बाग्लुङ्गको बरेङ गाउँपालिकाको सुखौरा र गलकोट नगरपालिकाको काँडेबास क्षेत्रका झण्डै एक हजार घरपरिवारले सेवा लिन सक्ने ज्ञवालीले बताउनुभयो ।
त्यस स्वास्थ्य चौकीमा ओपिडी सेवा, बहिरगं लगायतका सेवाहरु प्रवाह हुने उहाँले जानकारी दिनुभयो ।
उदघाटन कार्यक्रममा त्यस वडाका वडाअध्यक्ष किरण शाहको अध्यक्षता गाउँपालिका अध्यक्ष द्रोण खत्रीको प्रमुख आतिथ्यता, उपप्रमुख राधिका अर्याल, प्रमुख प्रशासकीय अधिकृत शिव ज्ञवाली, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
स्वास्थ्य महिला स्वयंम सेविका धना खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकीका इन्चार्ज शेषराज क्षेत्रीको सञ्चालन रहेको थियो ।