
अर्घाखाँची । अर्घाखाँचीमा निर्माण भएको बिधुत सबस्टेसन भोलि उटघाटन हुने भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोटको फुदवाङको बिधुत सबस्टेशन उद्घाटन हुने भएको छ ।
बिधुत सबस्टेशनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । साथै उद्घाटन कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि आउने बताइएको छ ।
१३२ केभी लाईन बिधुत सबस्टेशनको उटघाटन हुदा सवै खुसी भएका छन ।
उता सन्धिखर्क नगरपालिका वार्ड नम्बर -७ खाँचीकोटको फुदवाङ नजिकै रहेको बिधुत सबस्टेशनको क्षेत्रमा मानिसहरु तथा जनवार चराउन प्रवेश निषेध गरिएको छ।
कपिलवस्तु जिल्लाको बाणगंगा – ७ मोतिपुर सबस्टेशनदेखि खाँचीकोटको फुदवाङ नजिकै रहेको बिधुत सबस्टेशनको क्षेत्रमा उच्च भोल्टेजमा विद्युत प्रवाह गरी परिक्षण गरिने भन्दै मानिसहरु तथा जनवार चराउन प्रवेश निषेध गरिएको हो ।
विद्युत प्राधिकरणले जनाए अनुसार १३२ केभी लाईनको सबस्टेशनको बुधवार प्रशारण लाईनको तारको बीचको भागबाट ९, ९ मिटर दाँया बाँया नजान अनुरोध गरिएको छ ।