दाङमा एक पुरुषको शव फेला

दाङ। दाङको घोराहीमा एक पुरुषको शव फेला परेको छ । घोराही उपमहानगरपालिका २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

चौधरीको शव आज शुक्रवार बिहान मानव निर्मित गाैरीशङ्कर तालकाे किनारमा फेल परेको हो । हिजाे बिहीवार दिउँसो भैँसीलाई पानी खुवाउन गएका चौधरी घर नफर्किएपछि आफन्तले उनको खोजी गरिदिन प्रहरीलाई खबर गरेका थिए ।

तालमा नुहाउने क्रममा डुबेर चाैधरीकाे ज्यान गएकाे हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै