Advertisement
विज्ञापन

नेविसङ्घ अब राजनीतिक मुद्दाहरूमा नभइ शैक्षिक मुद्दाहरूलाई अघि बढाउन लाग्छ:सभापति शेर्पा



Advertisement
विज्ञापन

काठमाडौ ।नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसङ्घका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गर्नुभएको छ  ।

आज शुक्रवार सभापति शेर्पाले नेपाल विद्यार्थी सङ्घको सभापतिको पदभार ग्रहण गर्नुभएको हो ।


Advertisement
Advertisement
Advertisement

पदभार ग्रहण गर्दै उहाँले सङ्गठनलाई ठिक ठाउँमा राख्न आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले नेविसङ्घ अब राजनीतिक मुद्दाहरूमा नभइ शैक्षिक मुद्दाहरूलाई अघि बढाउनतर्फ लाग्ने प्रतिबद्धता जनाउनु भयो।

सभापति शेर्पाले अब नेविसङ्घले स्थानीय चुनावलाई लक्षित गरी सदस्यता अभियान चलाउने पनि जानकारी दिनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेविसङ्घका निवर्तमान सभापति राजिव ढुंगानाले स्थानीय चुनावलाई लक्षित गरेर पार्टीलाई जिताउन नेविसङ्घले अब काम गर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य ढुंगानाले लामो समय नेविसङ्घको नेतृत्वलाई लिएर उमेर हदको कुरा चले पनि अबको नेतृत्वले युवा अवस्थामै नेतृत्व लिन सफल छौँ भन्ने सन्देश दिने गरी काम गर्नुपर्ने बताउनुभयो ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad