चिनियाँ विदेश मन्त्री वाङ यी पूर्वतालिका भन्दा दुई घण्टा अगाडि नै काठमाण्डौ आउदै

काठमाडौ । चिनियाँ विदेश मन्त्री वाङ यी पूर्वतालिका भन्दा दुई घण्टा अगाडि नै काठमाण्डौ आउनुहुने भएको छ ।

विदेश मन्त्री वाङ यीसहितको उच्चस्तरीय भ्रमण टोली अहिले दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका छ ।

उहाँको विमान अवतरण हुने बेलामा अरु उडान र अवतरण प्रभावित हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

विमानस्थलबाट विदेश मन्त्री वाङ यी सोझै होटल द्वारिकाज पुग्नुहुनेछ । भ्रमणको दोस्रो दिन भोलि शनिवार बिहान विदेश मन्त्री यी शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको छ ।

त्यसपछि परराष्ट्र मन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेट हुनेछ । भेटमा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुहुनेछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै