गुल्मीमा पालिका प्रमुखको लागि एक युवाद्वारा स्वतन्त्र उमेदवारको घोषण

गुल्मी । गुल्मीमा पालिका प्रमुखको लागि एक युवाले स्वतन्त्र उम्मेद्बारीको घोषण गरेका छन ।आगामी बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनको नगर प्रमुखको लागि पहिलो उम्मेदवारी घोषणा भएको छ ।

मुसिकोटमा क्रियाशिल राजनीतिक दलहरुले विभिन्न पदको उम्मेदवारीको लागि छनोट प्रक्रिया जारी राखिरहदा नगर प्रमुखको रुपमा  स्वतन्त्र उम्मेदवारीको रुपमा उम्मेदवारी घोषणा गरिएको हो।

गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा नम्बर ८ निवासी युवा,समाजसेवी,बौद्दिक व्याक्तित्व विपिन विश्वास रायमाझीले मुसिकोट नगरपालिकाको नगर प्रमुखको लागि स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो।

 

हालसम्म नेपालमा धेरै व्यवस्थाहरु परिवर्तन भए तर अवस्था परिवर्तन भएन,त्यसैले नेपाली नागरिकको अवस्था परिवर्तनको लागि स्वतन्त्र रुपमा उम्मेदवारीबाट निर्वाचनमा जित सुनिश्चित गरि अवस्था परिवर्तनको लागि लाग्नुपर्ने अवस्था आएको उहाको भनाइ छ ।

मुसिकोट नगरपालिकामा पनि स्थानीय सरकार आएपछि नागरिकले गरेको अपेक्षा पुरा नभएकोले आफ्नो उम्मेदवारी र जित अपरिहार्य रहेको रायमाझीको ठहर छ ।

 

अहिलेलाई नगर प्रमुखमा उम्मेदवारी घोषणा गरिएपनि क्रमश नगरभित्रका अन्य पदहरुमा स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी घोषणा हुने रायमाझीको भनाइ छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै