अभाव गीत एक करोड भन्दा बढिको नजरमा : गायक अधिकारीले दिए धन्यवाद

गुल्मी । तीन बर्स अघि सार्वजनिक भएर सबै माझ लोकप्रिय बनेको गीत अभावले एक करोड भन्दा धेरै दर्शक बनाउन सफल भएको छ ।

सेन्टी विद्यामा करोड क्लव प्रवेश गर्ने निकै कम गीतहरूमा यो गीत पनि पर्न सफल भएको छ । गीत सार्वजनिक भएपछि अडियो र भिडियोको निकै चर्चा चुलिएको थियो ।

तीन वर्षको अवधिमा गीतले एक करोड दर्शक बनाएको छ भने १८ सय भन्दा धेरैले गीतमा प्रतिक्रिया दिएका छन । गीतका अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन ।

गणेश अधिकारीको शब्द तथा लय सिर्जना रहेको गीतमा गणेश अधिकारी र विष्णु माझीले आवाज दिएका छन । गीतको बलियो पक्ष भनेको म्युजिक भिडियो पनि हो ।

स्मृति तिमिल्सिनाले निर्देशन रहेको गीतमा आशिर प्रताप जग र सारिका केसीले दमदार अभिनय गरेका छन भने अभिनयमा अविरल बोहोराले साथ दिएका छन ।

गीतले एक करोड दर्शक बनाएपछि आफूहरू निकै उत्साहित भएको निर्माण युनिटले बताएको छ । गितका सर्जक एवम् गायक गणेश अधिकारि खुसि ब्यक्त गर्दै सम्पुर्ण भगवानरुपी दर्शक श्रोता फेसबुक मार्फत धन्यबाद दिनुभएकाे छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार