गुल्मीमा मोटरसाइकल दुर्घटना:एक जनाकाे मृत्यु,एक जना घाईते

गुल्मीमा मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने एक जना घाईते भएका छन् । बुधबार दिँउसो ४ः१५ बजेको समयमा इस्मा गाउँपालिका १ छिनुवा खोला मा मोटरसाइकल दुर्घटना भएको हो।

सदरमुकाम तम्घासबाट सिमलटारी जाने क्रममा लु १२ प ३८०९ नं को मोटरसाइकल अनियन्त्रीत हुन गई सडकबाट करिब ५० मिटर तल खसेको थियो । मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका २ बस्ने अन्दाजी ५० वर्षिय रामबहादुर कुवँरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

मोटरसाइकलमा सवार रेसुङ्गा नगरपालिका २ उदिनढुङ्गाका ३९ वर्षिय रुद्र बहादुर वि.कको अवस्था मध्यम छ । उनको गुल्मी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना हनासाथ दुवै जनालाई जिल्ला प्रहरी कार्यालय, गुल्मीको रोहवरमा गुल्मी अस्पतालमा उपचारका लागी ल्याइएको थियो । घाईते मध्ये कुवँरको अस्पतालले मृत्यु घोषण गरेको छ ।Radio Resunga

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै