Advertisement
विज्ञापन

अर्घाखाँचीमा गर्भपतन गराउने औसधिको अनियन्त्रित बिक्री



Advertisement
विज्ञापन
अर्घाखाँची । अर्घाखाँची जिल्लामा पछिल्लो समय गर्भपतन गराउन प्रयोग गरिने औषधि अनियन्त्रित रुपमा बिक्री वितरण भइरहेको छ ।
जिल्लामा पछिल्लो समय गर्भपतन गराउन प्रयोग गरिने औषधि अधिकांश औषधि पसलहरुबाट अनियन्त्रित रुपमा बिक्री वितरण भइरहेको हो ।
गर्भपतनका औषधि सूचीकृत स्वास्थ्य संस्थाले तालिम प्राप्त चिकित्सकको स्वीकृतिमा मात्रै  बिक्री-वितरण गर्न पाउने नियम रहेता पनि जिल्लाका   अधिकांश औषधि पसलले खुलेयाम बिक्री वितरण गर्ने गरेका छन् ।
सन्धिखर्क, चुत्राबेसी लगायतको ठाउँमा रहेका औषधि पसलमा गर्भपतनका औषधि अन्य सामान्य औषधि जस्तै सहज रुपमा बिक्री वितरण भइरहेको स्थानीयहरुले बताएका छन् ।
गर्भपतन गर्न प्रयोग गरिने मेडावन, वान वानटेड, प्रिनेट, मेजायपोस्ट, आइपिल, एमटिपी, प्रिमेन्टो नामका औषधिहरु फार्मेसी र औषधि पसलहरुमा सहजै रुपमा पाइने गरेको छ ।
चिकित्सकको स्वीकृति बिना औषधिको गलत प्रयोगबाट महिला, युवतीहरुको ज्यान जोखिममा पर्ने, गर्भपतनपछि जटिलता देखिने स्वास्थ्यकर्मीहरु बताउन्छन्  । यस्तै युवतीहरुले यस्ता औषधि परिवार नियोजनका साधनका रुपमा प्रयोग गरिरहेका छन् ।  (अर्घाखाँची डट कम)
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad