धुर्कोट गाउँपालिकामा निर्माण भएको सहिद शम्सेर स्मृति  पार्कको काम अन्तिम चरणमा

अनिष पन्थी,गुल्मी
गुल्मीको धुर्कोट गाउँपालिकामा निर्माण भएको सहिद शम्सेर स्मृति पार्कको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।धुर्कोट गाउँपालिका वडा न.४ बर्बोटमा निर्माण गरिएको सहिद शम्सेर स्मृति पार्कको ९९ प्रतिशत काम सकिएको छ ।

देशमा राजनीति परिवर्तन र व्यबस्था परिवर्तनको लागि संघर्ष गर्ने यस पालिकाका तीन  सहिदहरु शम्सेर बहादुर खत्री ,खिम बिक्रम नेपाली र जेदुराम भण्डारीको सालिक यस पार्कमा राखिने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए।

करिब दुई करोडको लागतमा गाउँपालिकाको बजेट मार्फत निर्माण गरिएको गाउँपालिका अध्यक्ष  पोख्रेलले नालिबेली न्युजलाइ  बताए ।यहाँको दृश्य धेरै राम्रो भएको र घुम्न आउनेको सङ्ख्या दैनिकी बढदै गएको पोख्रेलको भनाइ छ ।

यहाँबाट विभिन्न हिमाली दृश्यहरु देखिने भएकाले पनि पार्कको लागि यहि स्थान छनोट गरेको पोख्रेलको भनाइ छ। गाउँपालिकाको गौरवको योजना भएकाले आन्तरिक पर्यटक प्रवर्द्धन गर्दै सहिदहरुको सम्मान हुने पोख्रेलको भनाइ छ ।पालिकाको दिगो व्यबस्थापनलाइ ध्यान दिई थोरै भएपनि यस पार्क प्रवेशमा टिकटको व्यवस्था गरिने उहाँको भनाइ छ ।

पार्कको सुन्दरताको बारेमा आफुले थाहा पाएपछि अवलोकनको लागि आफू उक्त पार्कमा घुम्न आएको आन्तरिक पर्यटक शिव भण्डारीले बताए  ।

आफ्नै पालिकामा सुन्दर पार्क निर्माण भएपछि आफू खुसी भएको स्थानीय अर्जुन पोख्रेलले बताए ।यसले पालिका बासिमा खुसीयालि छाएको पोख्रेलको भनाइ छ ।

धुर्कोट गाउँपालिकाले बिकास फडको मार्दै गएको छ केहि समय अगाडि देशभरका स्थानीय तहको कार्यसम्पादन सूचक बापतको मूल्यांकनमा  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सञ्चित कोषबाट स्थानीय सरकारलाई प्रदान गर्ने समानिकरण अनुदानका लागि विभिन्न १७ सूचकका आधारमा मूल्यांकन गर्दा  ७५३ पालिकामध्ये  ७६.५४ अंकका साथ गुल्मीको धुर्कोट गाउँपालिका तेस्रो स्थानमा परेको थियो।

स्थानीय, कर्मचारी लगायत सबैको सहयोगबाट गाउँपालिका लुम्बिनी प्रदेशमा पहिलो र नेपालभरमा तेस्रो स्थानमा पुगेको भन्दै गाउँपालिका अध्यक्ष पोख्रेलले साथ सहयोग गर्ने सबैलाई धन्यवाद समेत  दिएका छन  ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै