Advertisement
विज्ञापन

नारीवाद (Fiminism)



Advertisement
विज्ञापन

नारीवाद भन्नाले पितृसत्ताले खडा गरेको महिला सम्बन्धि अवधारणा जस्तै रजस्वला छाेरीलाई पढाउनु हुन्न भन्ने नकारात्मक साेच ,आफ्ना बिचार सबै माझ प्रकट गर्न नपाउने सधैं पुरूष दासत्वलाई सधै आफ्नो नियति सम्झेर मुक्त भएर बस्न बाध्य भएका बालविवाह ,सतिप्रथा ,महिला हिंसा आदिमा परिवर्तन ल्याएर महिलाको हक अधिकार सुनिश्चित गर्नु नै नारीवाद हाे ।
नारीवादकाे विकाससँगै महिलाहरू नेतृत्वदायि तहमा सहजै जान सकेका छन् भने असल ,सक्षम र उत्तरदायि बाेध सहित सफलता प्रस्तुत गर्न सकेका छन् ।

महिलाहरू सशक्तीकरणका माध्यमबाट महिलाहरू आत्मनिर्भर स्वाभाल्भन र शिक्षाित भएका छन बर्तमान अवस्थामा महिलाहरू शिक्षा ,व्यापार ,राजनीतिक ,सामाजिक ,आर्थिक पहुँचमा व्यवहारिक रूपमा कुनै राेकताेक लगाइएको छैन महिलाले पनि देशको महत्त्वपूर्ण क्षेत्रमा आफ्नो पकड राख्न सक्दछन्।


Advertisement
Advertisement
Advertisement

यदि महिलाहरू माथि अनैतिक क्रियाकलाप भएमा अहिलेकाे संविधानमा कडा कानुनी सजाय व्यवस्था गरि लागू गरेकाे छ। नेपाली पाठ्यक्रममा पनि जनचेतनामूलक विषयहरू पनि समावेश गरिएका छन । पत्रपत्रिका ,रेडियो ,टेलिभिजन ,फेस्बुक ,इन्टरनेट जस्ता सन्चारका माध्यमबाट समेत सचेतनाका कार्यक्रम सुरु गर्दै अाएकाे छ यसले गर्दा महिलाहरूमा आत्मबल बलियो गराउँदछ स्वतन्त्र भएर बाच्न र आत्मनिर्भर बन्न महिलाहरूलाइ हाैसला प्राप्त गराउँदछ ।

महिलाहरूलाई सम्पुर्ण क्षेत्रमा समेटेर नै अगाडि लिएर गएकाले पनि ३३ प्रतिशत काे सहभागीताकाे अवसरबाट बञ्चित हुनु परेको छैन । महिलाहरू सशक्तीकरण काे लागि विभिन्न किसिमका क्लब ,सङ्घसस्था ,आमा समूह , महिला समूह ,माइति नेपाल जस्ता थुप्रै सस्थाहरूकाे स्थापना तथा सञ्चालन भएको पाइन्छ ।

महिलाहरूका लागि सिलाइबुनाई ,हेयर कटिङ ,ब्युटिपालर ,बाख्रा पालन कृषि आदि क्षेत्रमा सिपमुलक तालिम प्रदान गरि दैनिकी सहज बनाएको छ। जसले गर्दा महिलाहरूले राेजगारि पाएका छन् समान अवसर तथा सहअस्तित्व र स्वतन्त्रता पाएका नेपाली महिलाहरूले पनि देशकाे राजनीतिक ,सामाजिक , अाथिक साँस्कृतिक तथा विकास निर्माणका क्षेत्रमा पनि प्रभावकारि कार्यदक्षता प्रस्तुत गर्न सक्दछन् ।

नारीवादले गर्दा समाजका महिलाहरूमा चेतना वृद्धि भएको आगामी दिनहरूमा पनि यस्तै जनचेतनामूलक कार्यक्रमहरू ल्याई महिला सशक्तीकरणकाे माध्यमबाट समाजमा जनचेतना फैलाउन सकिन्छ ।

लेखक: प्रियंका पन्थी
ठेगाना : रेसुङ्गा नगरपालिका ५ लामडाँडा गुल्मी



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad