
माधव ज्ञवाली चैत्र ०८ गुल्मी ।स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गाउँ गाउँमा राजनितिक माहोल तात्न थालिरहेका छन् भने उम्मेद्बारी घोषणा गर्ने क्रम पनि बढिरहेको छ। पछिल्लो समय देशका विभिन्न स्थानहरुमा युवाहरुको जोस र जाँगर बढी नै देख्न सकिन्छ। कहिँ स्वतन्त्र उम्मेद्बारी त कतै पार्टीगत रुपमै पनि विभिन्न पदमा युवाहरूले आफ्नो दावी गर्दै आइरहेका छन् ।
यसको प्रत्यक्ष असर गुल्मीको रुरुक्षेत्रमा पनि देखिएको छ। विद्यार्थी जिवनदेखि नै अनेरास्ववियुको राजनीति गर्दै आएका रुरुक्षेत्र गाउँपालिका वडा न.४ चौताराका रामचन्द्र गौतमले वडा अध्यक्षमा आफ्नो दावी रहने बताएका छन् । अनेरास्ववियुका पुर्व केन्द्रीय सदस्य समेत रहेका गौतम वि.स २०७२ सालमा नेकपा एमालेको सदस्यता लिएदेखि पार्टीमा अझै बढि सक्रिय छन् । गत स्थानीय निकायको चुनावमा रुरुक्षेत्रमा नेकपा एमाले बिजय भएदेखि हालसम्म आइपुग्दा सम्म पनि गौतमले बेलाबेलामा नेतृत्वलाई सुझाव सल्लाह दिने मात्र नभइ बेला बेला कडा रुपमा उपस्थित भई झकझकाउँदै आइरहेका छन् ।उनको यहीँ प्रवृत्तिलाई अधिकांशले रुचाउँछन् । उनको यो दावी सङ्गै रुरुक्षेत्र भित्र एमालेमा एक किसिमको तरंग फैलिएको छ।
राजनीति भित्र आफुले देखिरहेको बेथिति ,विसंगति र भ्रष्टाचारको अन्त्य गर्ने संकल्पको साथ आफुले यो निर्णय गरेको गौतम बताउँछन् ।
सेतोमसी संगको संवादमा गौतम भन्छन् ,” वडा न.४ मा भइरहेको विकासको सवालमा त मेरो कुनै गुनासो छैन। तर नेतृत्वले सिमित स्रोत र साधनका कारण कतिपय कुराहरु घोषणापत्रमा उल्लेख गरेअनुसार सम्पन्न गर्न नसकेको चाहिँ सत्य हो। अघिल्लो स्थानीय चुनावको बेलाको पार्टीको घोषणा पत्रलाई आधार मान्ने हो भने मैले ती काम गर्न सक्छु भन्ने हिम्मत छ। युवा हुँ त्यसमा पनि केही नंया सोच छ ,नंया जागर छ।”