पालिका स्तरीय अभिमुखिकरण तथा समिक्षा कार्यक्रम धुर्कोटमा सम्पन्न

अनिष पन्थी ,गुल्मी । ग्रामीण भेगमा रहेका महिला तथा बालबालिकाहरुको सामाजिक तथा आर्थिक सशक्तीकरण परियोजना अन्तर्गत गुल्मीको धुर्कोट गाउँपलिकामा पालिका स्तरीय अभिमुखिकरण तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक जागरण तथा बिकास अभियान सार्डेक नेपाल गुल्मीको आयोजनामा र कारितास नेपालको आर्थिक सहयोगमा कार्यक्रम समपन्न भएको हो ।
परियोजनाको तीन बर्ष सम्मको प्रगति विवरण पेस समेत गरिएको थियो ।ग्रामीण भेगमा रहेका महिला तथा बालबालिकाहरुको सामाजिक तथा आर्थिक सशत्तिकरण गर्न यो कार्यक्रम धुर्कोट गाउँपलिकाका वडा नम्बर १,२ र ३ वडालाई समेटेर संचालन गरिएको हो ।
बिकासका लागि साना पहल परियोजना अन्तर्गत ग्रामीण भेगमा रहेका महिला तथा बालबालिकाहरुका लागि सामाजिक तथा आर्थिक सहजीकरण परियोजनामा रहेर तीन बर्षको अवधिमा रहेर महिला तथा बालबालिका क्षेत्रमा भएका सामाजिक आर्थिक गतिविधिको जानकारी गराउदै प्रगति बिवरण परियोजनाका प्रतिनिधि शिव जिसिले पेस गरेका थिए ।
सार्डेक गुल्मीका अध्यक्ष महेन्द्र भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गाउँपालिका प्रमुख भुपाल पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
धुर्कोट गाउँपालिकाका प्रमुख प्रसासकिय प्रमुख तुल्सीराम पौडेल,पत्रकार बासुदेव पोखरेल लगाएत को आतिथ्यता रहेको थियो ।
सस्थाका कार्यकारी निर्देशक बिस्णु प्रसाद भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सहजकर्ता शारदा गौतमले गरेकी थिन ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार