गुल्मी तम्घास बसपार्कमा भएका होटेलहरुको अनुगमन

अनिल खत्री ,चैत ०८ गुल्मी :गुल्मी जिल्ला सदरमुकाम तम्घासका बसपार्कमा रहेका होटलहरुमा अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मी, जिल्ला प्रशासन कार्यालय गुल्मी, रेसुङ्गा नगरपालिका, जिल्ला प्रहरी कार्यालय गुल्मी र पत्रकार सहितको टोलीले अनुगमन गरेको हो ।

तम्घास बजारको अत्ति ब्यस्त हुने स्थान बसपार्कमा रहेका होटलहरुको अबस्था बारे अनुगमन गरिएको थियो । बसपार्क क्षेत्रका १ दर्जन बढि होटलहरुमा गरिएको अनुगमनको क्रममा केहि होटलहरुले नविकरण नगरि सञ्चालन गरेको पाइएको थियो ।अनुगमनको क्रममा पछिल्लो समय होटलहरुले सरसफाईमा ध्यान दिएको पाइएको थियो । बिभिन्न निकायले बेला बेलामा गरिने अनुगमनले गर्दा बसपार्क क्षेत्रमा रहेका होटलहरुको अबस्था सुध्रिर्दै गएको छ ।
बसपार्क क्षेत्रमा मानिसहरुको चाप पनि हुने भएकाले त्यस स्थनका होटलहरु अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताए । अनुगमन गरिएका होटलहरु सरसफाइ लगायतको अबस्था सन्तोष जनक पाइएको घिमिरेले बताए ।तम्घास बजार क्षेत्रसँगै बिभिन्न स्थानीय तहमा पनि निरन्तरता दिइने भएको छ । अनुगमन कर्ताले केहि होटलहरुलाई थप सुधारर्नु पर्ने सुझावहरु पनि दिइएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै