
सुजन न्यौपाने छत्रगंज ।
नेपाली काँग्रेसको भातृ संस्था नेपाल विघार्थी संघ अर्घाखाँचीले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ । संगठन विस्तार अन्तरगर्त सोमबार जिल्लाको छत्रदेब गाउँपालिका वडा नम्बर ¬०७ मा रहेको सरस्वती माध्यमिक बिघालय भस्कातमा नमराज पाण्डेको सभापतिमा नेपाल विद्यार्थी संघ इकाई समिति गठन भएको हो ।
समितिको उपसभापतिमा एन्जिला पाण्डे ,नवीन बिश्वकर्मा सचिवमा अभिषेक पाण्डे , आयुषा क्षेष्ठ सहितको ५७ सदस्यीय समिति बिस्तार भएको छ ।
नेपाल विद्यार्थी संघका नेता सागर पौडेलको सभापतित्वमा भएको कार्यक्रममा नेवि संघका युवा नेता सन्जय पाण्डे को रहेको थियो भने जिल्ला कार्य समिती सदस्य लछुमन पाण्डेले कार्यक्रम संचालन गरका थिए ।